शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अनेम संघ थाक्रे गाउँकमिटीद्धारा महिला शिक्षक सम्मान

अनेम संघ थाक्रे गाउँकमिटीद्धारा महिला शिक्षक सम्मान

शिवराज आचार्य

८, फाल्गुण २०८१
  • 6.6K
    SHARES
  • अनेम संघ थाक्रे गाउँकमिटीद्धारा महिला शिक्षक सम्मान

    धादिङ । अखिल नेपाल महिला संघ थाक्रे गाउँकमिटीको आयोजनामा थाक्रेमा विस्तारीत बैंठक तथा महिला शिक्षक सम्मान कार्यक्रम सम्पन्न भएको छ । थाक्रे गाउँपालिका वडा नं. ८ मा रहेको पाथिभरा होटलमा बुधबार विस्तारीत बैठक तथा महिला शिक्षक सम्मान कार्यक्रम सम्पन्न भयो।

    images
    images

    480656819_1383803483022664_2957498566699762053_n.jpg

    जिवनको अनेक पारिवारीक तथा सामाजिक आरोह अवरोहका विच शिक्षित महिलाको पहिचान बनाउदै हजारौ बालबालिकालाई शिक्षाको उज्योलो ज्योति मार्फत सामाजिक रुपान्तरणको अभियानमा लागेका थाक्रे भित्रका शिक्षकहरुलाई राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सम्मान गरिएको अखिल नेपाल महिला संघ दशौं जिल्ला सम्मेलन आयोजक कमिटि संयोजक अम्बिका रुपाखेतीले जानकारी दिनु भयो ।

    480654306_1383806993022313_7495117309141413566_n.jpg

    प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य जानुका सिम्खडाले अनेम संघको इतिहास, निति तथा कार्यक्रम, कमिटीको काम, कर्तव्य र अधिकार जस्ता विषयमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा सहभागी हुनु भएका अतिथिहरुले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना दिनु भएको थियो।

    480366253_1383804269689252_2701894929297170858_n.jpg

    अनेमसंघ थाक्रे गाउँकमिटि उपाध्यक्ष सिता सुडासैनीको अध्यक्षतामा सम्पन्न बैठक तथा महिला शिक्षक सम्मान कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य जानुका सिम्खडा,अनेमसंघ केन्द्रीय सदस्य उमा नेपाल,राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा गाउँपालिका महासंघ केन्द्रिय सचिवालय सदस्य रामकुमार आचार्य, नेकपा एमाले थाक्रे गाउँकमिटि अध्यक्ष गणेशमान वाईबा लगायतको सहभागिता रहेको थियो।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ८, २०८१ बिहिवार - ०६:४१:३३ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology