शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशीका चेपाङ समुदायलाई न्यानो कपडा वितरण

धुनिवेशीका चेपाङ समुदायलाई न्यानो कपडा वितरण

शिवराज आचार्य

८, फाल्गुण २०८१
  • 5.7K
    SHARES
  • धुनिवेशीका चेपाङ समुदायलाई न्यानो कपडा वितरण

    धार्के,धादिङ । धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ६ मा रहेका चेपाङ समुदायलाई जाडो र गर्मीको कपडा वितरण गरिएको छ ।

    images
    images

    विपन्न तथा सिमान्तकृत चेपाङ समुदायका यक्तिहरूलाई Cloth And  Food Bank को आयोजनामा जाडो र गर्मी मौसममा लगाउने कपडा वितरण गरिएको नगरपालिकाका प्रवक्ता एवम् ६ नम्बर वडा अध्यक्ष रमेश प्रसाद आचार्यले बताउनु भयो ।

    WhatsApp Image 2025-02-20 at 13.59.40_efe4d95f.jpg

    वडा भित्र रहेका १६ घर चेपाङ परिवारका ६६ जना व्यक्तिहरुलाई न्यानो र गर्मीमा लगाउने कपडा वितरण गरिएको हो। ६ नम्बर वडामा मात्रै विपन्न चेपाङ समुदायको बसोबास रहेको छ। कपडा वितरण कार्यक्रमबाट उक्त समुदायका मानिसहरु राहत पुगेको छ । यस्ता कार्यक्रमले विपन्न परिवारहरूमा उत्साह र हौंसला प्रदान गर्ने काम भएको वडा अध्यक्ष आचार्यको भनाई छ । उहाँले स्वर्गीय विष्णुप्रसाद उप्रेतीको इच्छा बमोजिम यस कार्यक्रम गर्ने प्रेरणा मिलेको बताउनु भयो ।

    आगामी दिनमा समेत यस्ता किसिमका कार्यक्रमहरू सञ्चालन गर्न सधैँ तयार रहेको बैंकका नागरिक सम्पर्क संयोजक अशोक शर्माले बताउनु भयो।

    WhatsApp Image 2025-02-20 at 13.59.32_ff09bddd.jpg

    Cloth And  Food Bank बैंकका अध्यक्ष कमल जिसीको सहयोगमा भएको उक्त कार्यक्रममा धुनिवेशी नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ६ का अध्यक्ष रमेश प्रसाद आचार्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडाका वडा सदस्य ईश्वरप्रसाद चापगाई, सानुमया काफ्ले,बैंकका नागरिक सम्पर्क संयोजक अशोक शर्मा,बैंकका अन्य सदस्यहरू,समाजसेवी दिलिप उप्रेती लगायतको उपस्थिति रहेको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ८, २०८१ बिहिवार - १९:१९:३८ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology