शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रे पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी केवलपुर हरिहर भोजकुमारीलाई

थाक्रे पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी केवलपुर हरिहर भोजकुमारीलाई

शिवराज आचार्य

९, फाल्गुण २०८१
  • 5.8K
    SHARES
  • थाक्रे पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी केवलपुर हरिहर भोजकुमारीलाई

    धादिङ । धादिङको थाक्रे गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी केवलपुर हरिहर भोजकुमारी माध्यमिक विद्यालयले हात पारेको छ ।

    images
    images

    विभिन्न ४६ वटा पदकका लागि भएको प्रतियोगितामा केवलपुर हरिहर भोजकुमारीले १४ स्वर्ण ८ रजत र ६कास्य सहित प्रथम स्थान हाँसिल गरेको हो ।

    480820614_1457686745633051_5780645854552433942_n.jpg

    यस्तै १२ स्वर्ण १० रजत १० कास्य सहित जनजागृति माध्यमिक विद्यालय द्धितीय भएको छ । यस्तै १२ स्वर्ण ९ रजत ५ कास्य सहित ब्लुमिङ लोट्स इ. माध्यमिक विद्यालय तृतीय भएको छ । प्रतियोगितामा प्रथम, दृतिय र तृतिय भएका विद्यालय र सहभागी विद्यार्थीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको छ ।

    481227632_1457686762299716_4935527984926043986_n.jpg

    यस्तै जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पदक जित्न सफल खेलाडीहरुलाई सम्मान गरिएको छ । २०८१ को प्रतियोगिता पदक जित्न सफल खेलाडी र विद्यालयलाई प्रमाणपत्र र ट्रफी प्रदान गरिएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई सम्मान गर्नुका साथै प्रथम, द्धितीय र तृतीय स्थान हाँसिल गर्न सफल विद्यालयलाई प्रशंसा पत्र प्रदान गरिएको छ ।

    481171110_1457687645632961_6730680756774564628_n.jpg

    थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला समन्वय समिती धादिङका प्रमुख नवराज अधिकारी, थाक्रे गाउँपालिका उपाध्यक्ष यान्त्रबहादुर थापा (जिन्दगी),विभिन्न वडाका वडा अध्यक्षहरु,प्र.अ, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ९, २०८१ शुक्रवार - १७:४५:०९ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology