धार्के,धादिङ । मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा अचार बनाउने तालिम सम्पन्न भएको छ ।
धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ११, बालुवाफाँटमा रहेको मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्थाले आईतबारबाट सहकारीको हलमा तीन दिने अचार बनाउने तालिम सुरुवत गरेको थियो। तालिममा सहकारीका ३५ जना सदस्यहरुको सहभागी रहेका थिए। तालिममा कागती, लप्सी ,अमला, मासु ,लसुन ,मुला ,गोलभेडा लगायतको अचार बनाउन सिकाइएको छ।

तालिममा सहभागी महिलाहरुले तालिम बाट राम्रा ज्ञान हाँसिल भएको बताएका छन। तालिमबाट सिकेको सीपलाई फुर्सदको समयमा आफुहरुले अचार बनाएर बेच्न बताएका छन।
तालिम समापन कार्यक्रममा बाृद्यनु हुँदै सहकारीका अध्यक्ष उर्मिला रेग्मीले आमा दिदीहरुले आफ्नै घरमा बसेर पनि खाली समयमा अचार बनाएर आफुलाई घर खर्चि चलाउन सहयोग पुग्ने बताउनु भएको छ्। रजनी लामा तालिमको प्रशिक्षक रहनु भएको थियो।