शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बेनीघाट रोराङमा सञ्चालित सेफ परियोजनाको स्थलगत अनुगमन र परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

बेनीघाट रोराङमा सञ्चालित सेफ परियोजनाको स्थलगत अनुगमन र परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

शिवराज आचार्य

२, चैत्र २०८१
  • 4.0K
    SHARES
  • बेनीघाट रोराङमा सञ्चालित सेफ परियोजनाको स्थलगत अनुगमन र परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

    धादिङ । बेनिघाट रोराङ गाउँपालिकामा सञ्चालित शिक्षामा पहुँच सुनिश्चितता(सेफ) परियोजना अन्तरगतको कार्यक्रमहरुको स्थलगत अनुगमनसँगै परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ ।

    images
    images

    प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङले चाईल्डफण्ड जापान (ChildFund Japan) को आर्थिक सहयोग तथा गाउँपालिकाको समन्वयमा बालबालिकाको समग्र शैक्षिक गुणस्तर सुधार तथा परिवार र समुदायको आय वृद्घि सुधार गर्ने उद्देश्यसहित वडा नम्बर ६, ८ र १० का विद्यालयहरुमा सञ्चालन गरिरहेको सेफ परियोजनाको शुक्रबार स्थलगत अनुगमन गरेको हो ।

    गोठीभज्याङ, ग्राङसिबास र कोटथाप्केका गोठीभज्याङ आ.वि.,पदमचौर र पञ्चकन्या शाखा बाल विकास कक्षा अन्तरक्रिया र विद्यालय अवलोकन, कालिका मा.विमा शिक्षक, बालक्लब र अभिभावक सँग अन्तरक्रिया र विद्यालय अवलोकन, राष्ट्रिय माविमा शिक्षक, बालक्लब र अभिभावक संग अन्तरक्रिया र विद्यालय अवलोकन, सिकाई केन्द्र र विज्ञान प्रयोगशालाको अनुगमन गरिएको हो ।फिल्डको अवलोकन तथा अनुगमन पछी समिक्षा तथा परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ ।

    484018075_1475390380529354_5214531414514057216_n.jpg

    बैठकमा अघिल्लो सल्लाहकार समितिको बैठकको समिक्षा, स्थलगत फिल्ड अनुगमन र सुझाव, अघिल्लो बैठक देखि हालसम्मको प्रगति तथा आर्थिक समिक्षा,आगामी कार्य योजना, वालवालिकाहरुको सिकाई उपलब्धी र शिक्षण प्रक्रिया,विद्यालयमा उपलब्ध सामग्री उपलब्ध भएको तालीमको उच्चतम प्रयोग र दस्तावेजीकरण लगाएत विविध विषयमा छलफल गरिएको थियो ।

    484164739_1475391173862608_2455986168610712091_n.jpg

    बैठकमा गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया(विवेक), उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, शिक्षा अधिकृत बोधराज पाठक, प्रशासन शाखा, योजना तथा अनुगमन शाखा प्रमुख परशुराम घिमिरे, श्रोत व्यक्ति रामेश्वर पोखरेल, पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी, प्रयास नेपालका अध्यक्ष बिर बहादुर श्रेष्ठ, उपाध्यक्ष उषा विक, कार्यकारी निर्देशक दामोदर अर्याल लगाएत गाउँपालिकाका बिभिन्न शाखाका कर्मचारी, प्रयास नेपालका कर्मचारी सहभागी थिए ।

    484018075_1475390380529354_5214531414514057216_n.jpg

    सेफ परियोजना मार्फत वडा नम्बर ६, ८ र १० का १९ वटा विद्यालयहरुमा बाल बिकास सहजकर्ताहरुको त्रैमासिक बैठक, बालक्लबका सदस्यहरुको क्षमता अभिबृद्धि,अभिमुखिकरण र अतिरिक्त क्रियाकलाप,अभिभाव सँग अन्तरक्रिया कार्यक्रम र अतिरिक्त क्रियाकलाप, प्रत्यायोजित वालबालिकाहरुलाई शुभकामना पत्र बनाउन सहयोग, प्रत्यायोजित वालबालिका घरभेट, प्रत्यायोजित र अन्य वालबालिकालाई थप शैक्षिक सामाग्री सहयोग, प्रधानाध्यापकहरुको क्लष्टर तहको त्रैमासिक अनुभव आदान प्रदान बैठक,विद्यालय व्यवस्थापन समित र शिक्ष्क अभिभावक संघले बनाएका योजनाहरुको समिक्षा, भूकम्प सुरक्षा दिवसका अवसरमा कृतिम अभ्यास, सिकाई सुधारका लागि अतिरिक्त कक्षा सञ्चालन, जिविकोपार्जन सहयोग, विज्ञान र गणित प्रयोगशाला सहयोग, सामुदायिक सिकाई केन्द्र निर्माण,वालविकास कक्षाकोठा व्यवस्थापन सामाग्री सहयोग,विद्यालयमा सामाजिक परिक्षण, प्रधानाध्यापकसँग बालबालिका कार्यक्रम सञ्चालन गरिरहेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २, २०८१ शनिवार - ०९:१०:०७ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology