शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपाल राष्ट्रिय शिक्षक संगठन धुनिवेशीको अध्यक्षमा कमल केसी

नेपाल राष्ट्रिय शिक्षक संगठन धुनिवेशीको अध्यक्षमा कमल केसी

शिवराज आचार्य

२, चैत्र २०८१
  • 10.9K
    SHARES
  • नेपाल राष्ट्रिय शिक्षक संगठन धुनिवेशीको अध्यक्षमा कमल केसी

    धार्के, धादिङ। नेपाल राष्ट्रिय शिक्षक संगठन धुनिवेशीको तेस्रो नगर अधिवेशन बाट कमल केसी सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनु भएको छ ।

    images
    images

    “देशभरका सम्पूर्ण शिक्षकहरु एक होऔं” “गौरवशाली विगत, चुनौतीपुर्ण वर्तमान ,शैक्षिक गुणस्तरका लागि शिक्षामा सुशासन” भन्ने मुल नाराका साथ धुनिवेशी नगरपालिका वडा नं ५ को भुवनेश्वरी माविमा तेस्रो नगर अधिवेशन गरीएको थियो।

    अधिवेशनबाट केसीको नेतृत्वमा १७ सदस्य कमिटी सर्वसम्मत निर्वाचित भएका छन् । जसमा अध्यक्ष कमल केसी, उपाध्यक्ष धनश्याम अधिकारी,महिला उपाध्यक्ष हसना भण्डारी,सचिव शोभाकर पौडेल,कोषाध्यक्ष पार्वती रेग्मी, सह–सचिव सस्मीता थापा, सह–कोषाध्यक्ष गायत्री लुईटेल लगायतका अन्य १० जना सदस्य रहने गरि संगठन गठन गरिएको छ।

    484150764_1194706319331664_6661959590768145681_n.jpg
    शिक्षक सम्मान

    धुनिवेशी नगरपालिका नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष अनिल रुपाखेतीको सभाध्यक्षता नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङका अध्यक्ष ठान प्रसाद बसैलाको प्रमुख अतिथिता, नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङका उपाध्यक्ष गोवर्धन गोदारको अतिथिता, नेकपा एमाल धुनिवेशी नगर कमिटि अध्यक्ष दिनेश बास्कोटाको अतिथितामा कार्यक्रम सम्पन्न भएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २, २०८१ शनिवार - १९:००:३८ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology