शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गंगाजमुनामा सञ्चालित रिलिफ परियोजनाको सार्वजनिक सुनुवाइ तथा सामाजिक लेखा परिक्षण सम्पन्न

गंगाजमुनामा सञ्चालित रिलिफ परियोजनाको सार्वजनिक सुनुवाइ तथा सामाजिक लेखा परिक्षण सम्पन्न

शिवराज आचार्य

११, चैत्र २०८१
  • 4.8K
    SHARES
  • गंगाजमुनामा सञ्चालित रिलिफ परियोजनाको सार्वजनिक सुनुवाइ तथा सामाजिक लेखा परिक्षण सम्पन्न

    फुलखर्क, धादिङ । धादिङको गंगाजमुना गाउँपालिकामा उत्थानशील जीविकोपार्जन तथा खाद्य सुरक्षा सुदृढीकरण परियोजनाको बार्षिक गतिविधिहरूको सार्वजनिक सुनुवाइ तथा सामाजिक लेखा परिक्षण सम्पन्न भएको छ । प्रयास नेपाल धादिङले आड्रा नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्लाको गंगाजमुना र खनियाबास गाउँपालिकामा उत्थानशील जीविकोपार्जन तथा खाद्य सुरक्षा सुदृढीकरण परियोजना सञ्चालनमा रहेको छ ।

    images
    images

    485861278_1484107972990928_6314636756701377841_n.jpg
    सोमबार गंगाजमुना गाउँपालिकाको सभाहलमा भएको सार्वजनिक सुनुवाइ तथा सामाजिक लेखा परिक्षण कार्यक्रममा रिलिफ परियोजनाले समुदाय स्तरमा सञ्चालन गरेका एक वर्ष भरिका कार्य प्रगती तथा आर्थिक दायित्वका बारेमा फिल्ड संयोजक पवन प्याकुरेलले जानकारी दिनु भएको थियो । पालिका स्तरीय सार्वजनिक सुनुवाइ तथा सामाजिक लेखा परिक्षण कार्यक्रममा लैगिक च्याम्पियन,अगुवा कृषक,व्यवसायिक पशुपालक ,अन्य विकास साझेदारका प्रतिनिधीहरु,समूहका अध्यक्ष,सचिव कोषाध्यक्ष ,परियोजनामा संलग्न कर्मचारीहरु लगायत ५१ जाको सहभागीता रहेको थियो ।

      कार्यक्रममा परियोजना शुरु भएयता ३९ लाख ३९ हजार एकसय अट्ठाइस रुपैयाँ खर्च भएको पनि सामाजिक लेखा परीक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रममा जानकारी गराइएको थियो । पालिका स्तरीय सार्वजनिक सुनुवाइ तथा सामाजिक लेखा परिक्षण कार्यक्रममा परियोजनाले कृषि,पशु स्वास्थ्य, प्राविधिक सहयोग, समुहगत अन्तरक्रिया, जलवायु अनकुलन, कृषक पाठशाला लगायतका बारेमा ४८ वटा समुह मार्फत उत्दादन र उत्पादकत्व बृद्धि ,बजारीकरण तथा लैगिक तथा सामाजिक समावेशीकरणको बिषयमा केन्द्रित भई परियोजनाम संचालनमा रहेको फिल्ड संयोजक प्याकुरेलले बताउनु भयो ।

    प्रयास नेपाल धादिङका अध्यक्ष वीर बहादुर श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रमा गंगाजमुना गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिम्खडा, सबै वडाका वडा अध्यक्षहरु, निमित्त प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ पौडेल, कृषि, पशुसेवा, महिला तथा बालबालिका, योजना लगायतका शाखा प्रमुखहरु, प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल, आड्रा नेपालका फिल्ड अधिकृत दिलिपचन्द्र ढकाल,रिलिफ परियोजनाका फिल्ड संयोजक पवन प्याकुरेल,विभिन्न कृष समूहका प्रतिनिधिहरु, अगुवा किसानहरु र अन्य सरोकारवालाहरुको सहभागितामा भएको कार्यक्रममा नमूना बाख्रा खोर सुधार, प्राङ्गारिक कृषि, जलवायु अनुकुलन कृषि प्रणली, समूह व्यवस्थापन, समूहको लेखा अभिलेखिकरण, विभिन्न जातका बालीहरुको पाठशाला लगायतका विषयमा संस्थाले काम गरिरहेको पनि जानकारी गराइएको थियो ।  कार्यक्रमको सहजिकरण पत्रकार महासंघका निबर्तमान अध्यक्ष राजाराम शर्माले गर्नु भएको थियो । 

    त्यसै गरी पालिका स्तरिय परियोजना सल्लाहकार समिति बैठक समेत सम्पन्न भएको छ । सल्लाहकार समिति बैठकमा गएको वर्ष सञ्चालन भएका कार्यक्रमहरू समिक्षा तथा आगामी वर्षका लागि सञ्चालन हुने कार्यक्रमका बारेमा जानकारी, कृषि तथा पशुपालन, लैगिक तथा सामाजिक समावेशीकरण लगायत क्षेत्रमा संस्थाले गरेका कामका बारेमा जानकारी गराइएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल बताउनु भयो ।

    486566246_1484106449657747_7493689786869795890_n.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ११, २०८१ सोमवार - २०:१७:५१ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology