टिस्टुङ । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११ मा रहेको बागेश्वरी माध्यमिक विद्यालयले ५७ ओैं स्थापना दिवस मनाएको छ। स्थापना दिवसको अबसरमा विद्यालयले पुर्व शिक्षक, पृर्व विद्यार्थी पुर्नमिलन,साँस्कृतिक कार्यक्रमको साथमा वार्षिक परिक्षाफल प्रकाशित गरेको छ।

साविक टिस्टुङ गाविसको एक मात्रै माध्यमिक विद्यालयको रूपमा रहेको यश बागेश्वरी माध्यमिक विद्यालय वि.स २०२४ साल चैत २३ गते स्थापना भएको हो।
विद्यालयले २०८१ सालको वार्षिक परीक्षाफल समेत प्रकाशित गरेको विद्यालयका प्रधानाध्यापक विरमान स्याङतानले जानकारी दिनु भयो । परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ। त्यसै गरि विद्यालयले पृर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, पृर्व प्रधानाध्यापक र पृर्व शिक्षकहरूलाई समेट सम्मान गरेको छ। यश विद्यालयमा वि.स २०५८ सालबाट SLC परीक्षा सञ्चालन भए देखि अहिले सम्म करिब १ हजार जना विद्यार्थीहरूले परीक्षा दिई सकेको प्रधानाध्यापक स्याङतानले जानकारी दिनु भयो ।

कार्यक्रममा बोल्ने क्रममा अतिथिहरूले तामाङ समुदायको मात्रै विद्यार्थी पढ्ने विद्यालयको शैक्षिक प्रगति थाहा नगर भित्रका अन्य विद्यालयको भन्दा राम्रो रहेको बताउँदै आगामी दिनमा अझै सफलताको शुभकामना व्यक्त गरेका छन्।
कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि संघीय सांसद तथा नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौलाले थाहा नगरको उत्कृष्ट विद्यालयको रूपमा बागेश्वरी मावि रहेको बताउनु भएको छ। सांसद बर्तौलाले विद्यालय प्रशासनले सामुदायिक विद्यालयको नतिजा राम्रो ल्याउनमा खेल्नु भएको भूमिका प्रति सम्मान व्यक्त गर्नु भएको छ। अब विद्यालयलाई प्राविधिक धारमा लौजन नगरपालिकाले योजना बनाएर अगाडि बढ्नु पर्ने बताउनु भएको छ। उहाँले आफ्नो तर्फबाट समेत भूमिका खेल्ने बताउनु भएको छ। सांसदको काम भनेको कानुन निर्माण गर्नु रहेको सांसद बर्तौलाले बताउनु भयो।
कार्यक्रममा मकवानपुरका संघिय सांसद तथा नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला,थाहा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष दिनेश बल, १२ नम्बर वडाका अध्यक्ष टिकाराम स्याङतान, पृर्व वडा अध्यक्ष किरणमान बल, पृर्व प्रअ, पृर्व वि।व्य।स अध्यक्ष, शिक्षक,अभिभावक र विद्यार्थीहरूको सहभागीता रहेको थियोे ।