शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रेमा जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग सुरक्षित आप्रवासन कार्यक्रमका बारेमा अन्तरक्रिया

थाक्रेमा जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग सुरक्षित आप्रवासन कार्यक्रमका बारेमा अन्तरक्रिया

शिवराज आचार्य

२५, बैशाख २०८२
  • 3.6K
    SHARES
  • थाक्रेमा जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग सुरक्षित आप्रवासन कार्यक्रमका बारेमा अन्तरक्रिया

    ​ धादिङ । धादिङको थाक्रे गाउँपालिकामा जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग सुरक्षित आप्रवासन कार्यक्रमका बारेमा अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

    images
    images

    ‶स्वदेशमा नै रोजगारी गरौं,बैदेशिक रोजगारीमा जाने नै भए सहि सुचना लिएर र सिप सिकेर मात्र जाऔं″ भन्ने नाराका साथ सामी कार्यक्रम थाक्रेमा सञ्चालन भइरहेको छ । सामी कार्यक्रमले ४ वटा विषयमा रहेर समुदाय स्तरमा कार्यक्रम सञ्चालन गर्दै आएको वित्तिय साक्षरता सहजकर्ता लक्ष्मी भुजेलले जानकारी दिएकी छिन्।

    496660401_1524251075643284_2878805821535786152_n1746712060.jpg​

    कार्यक्रमले सुचनाको पहुँच,सिपमा पहुँच,न्यायमा पहुँच,वित्तिय साक्षरता कक्षा र मनोसामाजिक परामर्श सेवा सञ्चालन गर्दै आएको छ । समुदायस्तरमा बैदेशिक रोजगारीमा जाने तयारीमा रहेका तथा बैदेशिक रोजगारीमा विदेश भएका परिवारहरुसगं भेटघाट तथा सुरक्षित बैदेशिक रोजगारीका बारेमा जानकारी र मनोपरामर्शको काम गर्दै आएको भुजेलको भनाई छ। श्रावण देखि हालसम्म २ हजार४ सय २५ जनालाई सूचना प्रबाह गरिएको छ । 

    सुरक्षित बैदेशिक रोजारीका लागि प्रर्वद्धन गर्ने उद्देश्यले धादिङका ४ वटा स्थानिय तहमा सामी कार्यक्रम सञ्चालन हुँदै आएको छ । आर्थिक वर्ष २०८१÷८२ मा बागमती प्रदेश भरिमा सबै कार्यक्रम सम्पन्न गरेर सामी कार्यक्रममा थाक्रे गाउँपालिका प्रथम भएको छ । 

    कार्यक्रममा थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य,उपाध्यक्ष यन्त्र बहादुर थापा (जिन्दगी),प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसी,वडा अध्यक्षहरु,कार्यपालिकाका सदस्यहरु, विषयगत शाखाका प्रमुख, पत्रकार लगायतको उपस्थिति रहेको थियो।

    ​

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २५, २०८२ बिहिवार - १९:३४:४९ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology