धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ तसर्पू, दामेचौरमा रहेको प्रेम सागर फाउन्डेशन नेपालद्धारा सञ्चालीत जनभोजन कार्यक्रमले आफ्नो १६औं वार्षिकोत्सव मनाएको छ ।
वि.स २०६५ साल चैत्र २८ गतेबाट सञ्चालन भएको जनभोजन कार्यक्रमले आज शनिबार एक कार्यक्रमका विच वार्षिकोत्सव मनाएको छ । स्थापना कालबाट दैनिक रुपमा ५ सय जना भन्दा बढि विद्यार्थी तथा बृद्ध आमाबुवाहरुलाई खाना खुवाउर्दै आएको जनभोजन कार्यक्रमले केही वर्ष अगाडीबाट धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ४,५ र मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११, १२ का १७ वटा विद्यालयमा दैनिक २ हजार भन्दा बढि विद्यार्थीहरुलाई दिवा खाजा खुवाउँदै आएको जनभोजन कार्यक्रमका व्यवस्थापक भोला राउतले बताए ।
जनभोज कार्यक्रममा वार्षिक रुपमा १ करोड ४४ लाख २२ हजार १ सय भन्दा बढि खर्च भएको संस्थाका उपाध्यक्ष प्रेमराज ढुङगेलले बताए। उहाँका अनुसार विभिन्न सहयोगी दाताहरुबाट प्राप्त र अन्य संस्थाहरुबाट सहयोग रुपमा दिएको रु.५३ लाख ५२ हजार आम्दानी भएको भनाई छ । अहिले दैनिक रुपमा ४० हजार खर्च हुने गरेको संस्था उपाध्यक्ष ढुङगेलको भनाई छ ।
कार्यक्रममा बोल्नु हुँदै थाक्रे गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि राम कुमार आचार्यले जनभोजन कार्यक्रमले विद्यालय र विद्यार्थीमा आएको परिवर्तनको उच्च प्रशंसा गर्दै विगतका वर्षहरुमा पालिकाबाट दिदै आएको आर्थिक सहयोगलाई निरन्तरता दिने बताउनु भएको छ । उहाँले यस किसिमको कार्यक्रम पालिका भित्रका अन्य क्षेत्रमा समेत विस्तार गर्नु पर्ने बताएका छन्।
त्यसै गरी रजनी लामाले संचालन गर्नु भएको कार्यक्रममा धादिङ र मकवानपुरमा शैक्षिक सहयोग गर्दै आउनु भएका किरण शर्माको समुहले राष्ट्रिय संगीत कर्मी संघ धादिङलाई केही थान बाध्यबाधक सामाग्री प्रदान गर्नुका साथै धादिङ र मकवानपुरका केही विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री समेत प्रदान गरिएको छ।
कार्यक्रमका केही तस्बिरहरु


