व्यक्तित्व विकास सम्बन्धि १ दिने तालिम सम्पन्न भएको छ।
जिडिएम प्रा.लि. को आयोजनामा उन्नतिको यात्रा "Journey to Progress" अन्तर्गतको "Speak Up - A 1-Day Personality Development Workshop" सुसम्पन्न भएको छ। मिडिया जगतका अनुभवी व्यक्तित्वहरूको प्रशिक्षणमा सम्पन्न भएका तालिममा विभिन्न क्षेत्रमा कार्यरत व्यक्ति, विद्यार्थी लगायतको सहभागिता रहेको थियो।
तालिममा जिडिएम प्रा.लि. कि का संचालिका साथै Public Speaking Coach रेश्मी लामिछाने, रेडियो पत्रकार साथै संचारकर्मी शिवराज आचार्य,टिभी पत्रकार साथै संचारकर्मी उषा काफ्ले र भिडियो पत्रकार साथै संचारकर्मी भुवन तामाङ लगायतका अनुभवी प्रशिक्षकहरूको उपस्थितिमा बागबजार स्थित राईट च्वोइस एकेडेमीमा संचालन गरिएको थियो।
जिडिएम प्रा.लि. संचालिका साथै तालिमका प्रशिक्षक रेश्मी लामिछानेले यो वर्ष १२ वटा तालिम प्रत्येक महिना आयोजना गर्ने लक्ष्य रहेको बताउनु भएको छ।