शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छीमा “बाल अधिकार विषयक” कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न

गल्छीमा “बाल अधिकार विषयक” कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न

शिवराज आचार्य

२८, बैशाख २०८२
  • 7.2K
    SHARES
  • गल्छीमा “बाल अधिकार विषयक” कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिकामा बाल अधिकारका विषयमा कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ।

    images
    images

    गल्छी बाल समुह सञ्जालको आयोजनामा “बाल अधिकार विषयक” पालिका स्तरिय कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको विशंम श्रेष्ठले बताउनु भयो।

    “शब्द शब्दले बोल्ने छ बालबालिकाको आवाज” भन्ने मूलनारा रहेको कविता लेखन तथा वाचन प्रतियोगितामा वडा नं १ की रोजिना खतिवडा प्रथम, वडा नं ६ की सुचना अधिकारी द्वितिय र वडा नं २ का विजन श्रेष्ठ तृतिय भएका छन्।प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेहरुलाई पालिका अध्यक्ष केदारनाथ खतिवडा र उपाध्यक्ष भाइकाजि तिवारीले पुरस्कार वितरण गर्नु भएको थियो ।

    495944637_122110914200843976_2758864102616511067_n.jpg

    त्यसै गरी निर्णायकको भूमिका प्रमिला तिमल्सिना  र विपिन मल्ल गर्नु भएको थियो। प्रतियोगितामा पालिका भित्रका विद्यार्थीहरुको सहभागिता रहेको थियो।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २८, २०८२ आइतवार - २१:३७:१९ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology