शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

तसर्पूमा अचार बनाउने तालिम सुरु

तसर्पूमा अचार बनाउने तालिम सुरु

शिवराज आचार्य

११, जेठ २०८२
  • 7.0K
    SHARES
  • तसर्पूमा अचार बनाउने तालिम सुरु

    धादिङको थाक्रे गाउँपालिका वडा नं. ५ को तसर्पूमा ४ दिने अचार बनाउने तालिम सुरुवत भएकोे छ। आइतबार ११ गतेबाट सुरु भएको तालिम १४ गतेसम्म सञ्चालन हुने छ।

    images
    images

    वडा कार्यलयको विनियोजन गरेको ८० हजार बजेटबाट महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत वडा भित्र रहेका महिलाहरूको लागि ४ दिने व्यवसायिक अचार बनाउने तालिम सुरु गरिएको वडा अध्यक्ष सन्त बहादुर तामाङले जानकारी दिनु भयो।

    अचार बनाउने तालिमका प्रशिक्षक रजनी लामाले गाउँमा पाइने अर्गानिक उत्पादनको प्रयोगमा अचार बनाउन सकिने बताउनुभयो । उहाँले स्थानीयस्तरमा उपलब्ध कच्चापदार्थको प्रयोग गरेर अचार बनाउन सकिने बताउँदै महिला दिदीबहिनीलाई व्यावसायिक बनाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिनुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ११, २०८२ आइतवार - २१:३९:३१ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology