धादिङको धुनिवेशीमा डेंगुको प्रकोप लाई ध्यानमा राखेर यसको नियन्त्रणका लागि स्वास्थ्यकर्मी र सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ ।
विशिबारबार धुनिवेशी नगरपालिका स्वास्थ्य शाखाले स्वास्थ्यकर्मी विच डेंगु रोगको विषयमा अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम संचालन गरिएको छ । कार्यक्रममा डेंगु रोगका लक्षण यसबाट हुने खतरा र यसबाट जोगिने उपायका बारेमा स्वास्थ्य शाखा प्रमुख धुब कुमार अधिकारीले जानकारी गराएका थिए ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख धुब कुमार अधिकारीले डेंगु रोगको प्रकोप बढदै गएको हुँदा यसबाट सबै सचेत हुन आग्रह गरका छन् ।
डेंगुको लक्षण देखिना साथ चिकित्सकलाई देखाउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । उनका अनुसार घर वरपर रहेको पानी जम्ने खाल्डाखुल्डी पुर्ने, लामखुट्टेको टोकाईबाट जोगिन झुल टाँगेर सुत्ने, घरबाहिर करेसाबारीमा काम गर्न जाँदा सकेसम्म शरीर पूरै छोपिने गरी लुगा लगाउने, घर वरपर सफला राख्ने, लामखुट्टे भएका स्थानमा किटनाशक औषधिको प्रयोग गर्नाले डेंगुको संक्रमणबाट बच्न सकिन्छ ।
कार्यक्रममा धुनिवेशी नगरपालिका प्रमुख बालकृष्ण आचार्य, उपप्रमुख सुरज उप्रेती, प्रमुख प्रशासकिय अधिकृत कृष्ण जैसी लगायतको सहभागिता रहेको थियो।