शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छीमा पालिका स्तरिय हाजिरि जवाफ प्रतियोगिता सम्पन्न

गल्छीमा पालिका स्तरिय हाजिरि जवाफ प्रतियोगिता सम्पन्न

शिवराज आचार्य

३०, जेठ २०८२
  • 8.7K
    SHARES
  • गल्छीमा पालिका स्तरिय हाजिरि जवाफ प्रतियोगिता  सम्पन्न

    धादिङको गल्छीमा पालिका स्तरिय हाजिरि जवाफ प्रतियोगिता सम्पन्न भएको छ । “ज्ञानको खेल बुद्धिको मेल“ भन्ने मुल नाराका साथ सञ्चालन भएको प्रतियोगितामा गाउँपालिका भित्रका विद्यार्थीहरुको सहभागिता रहेको थियो।

    images
    images

    507192541_688547914147067_4478185432902293253_n.jpg
    गल्छी बाल समुह सञ्जालले आयोजना गरेको पालिका स्तरिय हाजिरि जवाफ प्रतियोगितमा वडा नं ६ बाल सञ्जाल प्रथम, वडा नं ७ को सुनौलो भविष्य वडा बाल सञ्जाल द्वितिय र वडा नं ४ मा रहेको सक्षम वडा बाल सञ्जाल तृतिय भएका छन्। प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय हुने सञ्जाललाई पालिका अध्यक्ष र उपाध्यक्षले पुरस्कार वितरण गर्नु भएको थियो ।

    506980297_688546987480493_7435659885294905965_n.jpg
    श्रद्धा रिमालको अध्यक्षता रहेको कार्यक्रममा गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो भने गाउँपालिका उपाध्यक्ष भाईकाजि तिवारी विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा पालिका बालमैत्री सहजकर्ता विपिन मल्ल, अतिरिक्त कार्यक्रम संयोजक विशम श्रेष्ठ, वडा बालमैत्री सहजकता बबिता गिरि, सुजिता अधिकारी, संगिता मुक्तान, रेनुका खतिवडा र उर्मिला तामाङ लगायतको सहभागिता रहेको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३०, २०८२ शुक्रवार - २१:५०:२५ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology