शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बेनीघाट रोराङको खोरभञ्ज्याङमा वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

बेनीघाट रोराङको खोरभञ्ज्याङमा वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

शिवराज आचार्य

२६, आषाढ २०८२
  • 5.1K
    SHARES
  • बेनीघाट रोराङको खोरभञ्ज्याङमा वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

    धादिङ । बेनीघाट रोराङ गाउँपालिका वडा नं. १० खोरभञ्ज्याङमा वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम “शिक्षामा पहुँच सुनिश्चितता परियोजना” अन्तर्गत सम्पन्न भएको हो।

    images
    images

    परियोजनाबाट आर्थिक वर्ष २०८१/०८२ मा वडा नं.१० मा सञ्चालन गरिएका कार्यक्रम तथा गतिविधिहरूको कार्यान्वयन प्रक्रिया, लक्षित सहभागी, हासिल उपलब्धि, दिगोपनको योजना तथा खर्च विवरण सहित सबै सरोकारवाला बीच साझा गर्दै सुझाव संकलन गर्ने, मूल्यांकन गर्ने, र पारदर्शिता, जवाफदेहिता तथा सुसासनका आधारभूत मान्यता प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनुभयो।

    नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीको सहजीकरणमा सम्पन्न कार्यक्रममा वडा सदस्य, विद्यालयका प्रधानाध्यापकहरू, विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघका प्रतिनिधिहरू, बाल क्लबका सदस्यहरू, शिक्षक, अभिभावक, चाइल्ड फण्ड जापानका एरिया म्यानेजर कबिराम वाठा मगर, स्पोन्सरशिप संयोजक श्रीकान्त लुइटेल, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, परियोजना प्रबन्धक, लेखा तथा प्रशासन सहायक, फिल्ड कार्यक्रम अधिकृत ,रेडियो राजमार्गका शिवराज आचार्य लगायत गरी ४३ जनाको उपस्थिति रहेको कार्यक्रम परियोजना व्यवस्थापक सन्तोष सत्यालले जानकारी दिनुभयो।

    कार्यक्रममा सहभागीहरूले दिएका सुझावहरूलाई आगामी वर्षको कार्ययोजना तयार गर्दा बिशेष महत्व दिईने र नतिजामुखि काममा केन्द्रित भएर सहकार्य गरिने प्रयास नेपालका कार्यकारी निर्देशकले प्रतिबद्धता गर्नु भयो । प्रयास नेपाल,धादिङ चाईल्ड फण्ड जापानको साझेदारीता तथा गाउँपालिकाको समन्वयमा बेनीघाट रोराङ गाउँपालिकाका वडा नं ६,८ र १० मा अविस्थत १९ सामुदायिक विद्यालयहरुमा शैक्षिक सुधार केन्द्रित कार्यक्रम विगत २ बर्ष देखि संचालनमा रहेको छ ।

    स्थानीय स्तरमा राम्रो समनवय तथा सहकार्यमा कार्यक्रम र गतिविधिहरूमा उपलब्धिमुलक भई प्रशंसा रहेकोमा सबैलाई धन्यवाद दिदै भविष्यमा समेत सबै विद्यालय र समुदायबाट निरन्तर सहयोग रहने विश्वास रहेको फिल्ड कार्यक्रम अधिकृत सुरज श्रेष्ठले बताउनु भयो

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २६, २०८२ बिहिवार - २०:५२:०३ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology