धादिङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको निर्वाचनसम्बन्धी व्यवस्थाका कारण नेपालका कुनै पनि पार्टीलाई एकल बहुमत ल्याउन गाह्रो हुने बताउनु भएको छ ।
नेपाली कांग्रेस धादिङका पुर्व सभापति स्वर्गीय भरत प्रसाद उप्रेतीको १३औं दिनको तिथिमा धुनिवेशी नगरपालिका ७ नौविसे बजारमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै देउवाले बहुमत ल्याउने वातावरण सिर्जना गर्नका लागि गुटको अन्त्य गर्न जरुरी रहेको धारणा राख्नुभयो । संविधानमा भएको समावेशी र समानुपातिक प्रणालीकै कारण कुनै पनि पार्टीले एकल बहुमत ल्याउन नसक्ने उहाँले बताउनु भयो।
संविधानमा सबै जातिहरूको प्रतिनिधत्व भएको छ । एक्लै कुनै पनि पार्टीले बहुमत ल्याउन निकै गाह्रो रहेको पुर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले बताउनु भयो। उहाँले कार्यकर्तालाई सम्झाउउदै भन्नुभयो, बहुमत ल्याउने वातावरण बनाउनका निम्ति पार्टी एकता जरुरी छ । एकताको सुरुवात धादिङबाटै गर्नुहोस्

कांग्रेसका उपसभापति धनराज गुरुङ, केन्द्रिय सदस्य गोपालमान श्रेष्ठ, सशांक कोइराला लगायत केन्द्रिय नेताहरु र धादिङ जिल्ला सभापति एवं कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, नेपाली कांगेश बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँ, बागमती प्रदेशका मन्त्री मधसकसमार श्रेष्ठ, पुर्व सभापति दिलमान पाखरीन, रमेश धमला, सहित नेताहरुले श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै स्वर्गीय नेता उप्रेतीका विगतका संघर्ष सम्झदै प्रशंसा गरेका थिए ।
वि.स.१९८५ सालमा धादिङको नौबिसेमा जन्मिनुभएका कांग्रेस नेता उप्रेतीको ९७ वर्षको उमेरमा २०८२ असार २८ गते काठमाडौको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो