कलंकी,काठमाडौं । गाईजात्रा पर्वको अवसर पारेर आइतबार काठमाडौँको चन्द्रागिरी नगरपालिका स्थित मदन स्मृति पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
क्याम्ब्रिज इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुल तथा कलेज, कलंकीको आयोजनामा वृक्षारोपण सम्पन्न भएको छ । वृक्षारोपण कार्यक्रममा ५ सय बिरुवा रोपिएको हो ।
कलेजले सामाजिक र वातावरणीय उत्तरदायित्व अन्तर्गत वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको कलेज परिवारले बताएको छ । हाल बिध्यमान जलबायु परिवर्तन र यसले पारेको नकारात्मक प्रभाबलाई मध्यनजर गर्दै वृक्षारोपणको आयोजना गरिएको हो।
कार्यक्रमको शुभारम्भमा विद्यालयका फाउन्डर प्रिन्सिपल तथा क्याम्पस प्रमुख केशव बहादुर पुनले छोटो परिचयात्मक कार्यक्रम सञ्चालन गर्नुभएको थियो। उहाँले यस महत्त्वपूर्ण कार्यक्रममा योगदान पुर्याउने कमल शर्मा (कार्यक्रम संयोजक), दीपक बाबु निरौला र महेश खनाल लगायतका क्याम्ब्रिजका सक्रिय शैक्षिक सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
गाईजात्राजस्तो सांस्कृतिक पर्वलाई वातावरणीय चेतनासँग जोडेर नयाँ आयाम दिएको आयोजकहरुले बताएका छन । वृक्षारोपण कार्यका मावन विभाग अन्तर्गतको बिउबिजन प्रयोगशाला, चाल्नाखेलले आवश्यक बिरुवाहरू उपलब्ध गराएको थियो।
वृक्षारोपण कार्यक्रममा क्याम्ब्रिज स्काउट मास्टर रोसी तामाङ, लायन्स क्लब अफ काठमाडौँका अध्यक्ष केशव लोचन शर्मा, रोटरी क्लब अफ काठमाडौँ कलङ्कीका डा. सुलोचना सिग्देल, काठमाडौँ युरेका लियो क्लबका अध्यक्ष निर्मल राज शाही लगायतको सहभागिता रहेको थियो।