शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छी गाउँपालिकाको वार्षिक बजेट सभाद्धारा सर्वसम्मतीले पारित

गल्छी गाउँपालिकाको वार्षिक बजेट सभाद्धारा सर्वसम्मतीले पारित

आशिष ठकुरी

५, भाद्र २०८२
  • 7.4K
    SHARES
  • गल्छी गाउँपालिकाको वार्षिक बजेट सभाद्धारा सर्वसम्मतीले पारित

    धादिङको गल्छी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि यस अघि प्रस्तुत बजेट सर्वसम्मतीले पारित गरेको छ । यसअघि असार १० गते प्रस्तुत बजेट पालिकाकै सभाहलमा भएको गाउँसभाले पारित गरेको हो ।

    images
    images

    यसअघि असार १० गते गाउँसभाको १३ औँ अधिवेशनमा आर्थिक वर्ष २०८२/०८३ का लागि ७३ करोड ४५ लाख २६ हजार ५ सय २५ रुपैँयाको अनुमानित बजेट प्रस्तुत गरिएको थियो ।

    2.jpg

    बिहिबार वार्षिक बजेट स्वीकृतिका लागि आयोजित गाउँसभामा सभाका सभाअध्यक्ष तथा गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाबाट विविध विषयमा सभालाई सम्बोधन गरिएको थियो । यस्तै २०८२ साल असार १० गते पेश भएको वार्षिक बजेटको सारसंक्षेप सहित उपाध्यक्ष भाईकाजी तिवारीबाट सभालाई सम्बोधन पछि विभिन्न टिप्पणी सहित सभाका केहि सदस्यहरुले पनि सभालाई सम्बोधन गर्नुभएको छ ।

    3.jpg

    सदस्यहरुबाट आएका टिप्पणीको सम्बोधन गाउँपालिका अध्यक्ष खतिवडा, उपाध्यक्ष तिवारी र प्रमुख प्रशासकिय अधिकृत कृष्णहरी पौडेलबाट सम्बोधन गरिएको छ । यसपछि प्रस्तुत उक्त बजेट सभाका सदस्यहरुबाट सर्वसम्मतीले पारित भएको हो ।

    यो पनि :

    गल्छी गाउँपालिकाद्धारा ७३ करोड ४५ लाख बढिको बजेट प्रस्तुत

     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ५, २०८२ बिहिवार - २१:५९:२५ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology