धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ६ धार्केमा रहेको नवज्योती बचत तथा ऋण सहकारी सँस्थाले १९ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीले संस्थाको सभाहलमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सभामा सञ्चालक समितीको तर्फबाट संस्थाका अध्यक्ष केशव प्रसाद रेग्मीद्धारा प्रतिवेदन प्रस्तुत भएको छ । यस्तै सचिव पुरुषोत्तम आचार्यद्धारा गत आर्थिक वर्षको प्रगति प्रतिवेदन, कोषाध्यक्ष पुष्पराज रेग्मीद्धारा आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण संयोजक जगन्नाथ अधिकारीद्धारा लेखा सुपरिवेक्षण प्रतिवेदन र गायत्री अधिकारीद्धारा महिला उप समितीको प्रतिवेदन प्रस्तुत भएको छ । प्रस्तुत सबै प्रतिवेदनहरु सभाका सदस्यहरुले सर्वसम्मत पारित गरेका छन् ।
वि.स २०६३ सालमा स्थापना भएको सहकारीमा महिला ७२० जना, पुरुष १५८८ र सँस्थागत ५ गरि २३१३ कुल सदस्य संख्या रहेको छ । कार्यक्रममा सहकारीले आफ्ना उत्कृष्ट शेयर सदस्य, वाल बचतकर्ता उत्कृष्ट कारोवार गर्ने बचतकर्ता लगायतलाई सम्मान पनि गरेको सहकारीका प्रवन्धक हरिहर लुईँटेलले बताउनुभयो ।
संस्थाका अध्यक्ष केशव प्रसाद रेग्मीको अध्यक्षता रहेको कार्यक्रममा धुनिवेशी नगरपालिकाका नगरप्रमुख बालकृष्ण आचार्यको प्रमुख आतित्थ्यता रहेको थियो ।
सँस्थाका निवर्तमान अध्यक्ष तथा धादिङ जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष अर्जुन आचार्य र धुनिबेशी नगर सहकारी संघका अध्यक्ष बासुदेव बास्कोटाको विशेष आतित्थ्यता रहेको कार्यक्रममा थाक्रे गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष श्यामचन्द्र आचार्य सहित विभिन्न बैँक तथा वित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधी, विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको आतित्थ्यता रहेको कार्यक्रम सञ्चालक तथा संस्थाका उपाध्यक्ष कृष्णकुमार हमालले बताउनुभयो ।