शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पर्सा प्रशासनद्धारा आमाको नामको आधारमा नागरिकता वितरणको शुभारम्भ

पर्सा प्रशासनद्धारा आमाको नामको आधारमा नागरिकता वितरणको शुभारम्भ

दिपु वर्णवाल

५, फाल्गुण २०८२
  • 1.0K
    SHARES
  • पर्सा प्रशासनद्धारा आमाको नामको आधारमा नागरिकता वितरणको शुभारम्भ

    जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि आमाको नामको आधारमा नागरिकता वितरण प्रणाली औपचारिक रूपमा शुभारम्भ गरेको छ।

    images
    images

    पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले मंगलबार एकै आमाका दुई छोरा रुस्तम मियाँ अन्सारी र रहमत मियाँ अन्सारी ९दाजुभाइ०लाई आमाको नामको नागरिकता प्रदान गरेका हुन्।

    नागरिकता ऐन र नियमावलीमा सरकारले हालै गरेको संशोधनअनुसार विभिन्न कारणले नागरिकता पाउन नसकेका नागरिकलाई आमाको नामको आधारमा नागरिकता दिन सकिने व्यवस्था लागू भएपछि पर्सामा पनि सो प्रक्रिया सुरु गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

    यसअघि बारा लगायतका जिल्लामा आमाको नामबाट नागरिकता वितरण सुरु भइसकेको भए पनि पर्सामा भने उक्त व्यवस्था कार्यान्वयनमा ढिलाइ भएको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ५, २०८२ मंगलवार - २१:३४:३५ बजे

    दिपु वर्णवाल

    वर्णवाल मधेश प्रदेशमा रहेर कलम चलाउँछन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology