एन्डी बर्नहम बेलायतको ५९औँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । बकिंघम प्यालेसमा भएको निजी भेटवार्ताका क्रममा राजा चार्ल्स तृतीयले उनलाई नयाँ सरकार गठन गर्न औपचारिक रूपमा आमन्त्रण गरेका हुन् ।
निवर्तमान प्रधानमन्त्री किएर स्टारमरले आफ्नो औपचारिक राजीनामा बुझाएर दरबारबाट बाहिरिएलगत्तै बर्नहम बकिंघम प्यालेस पुगेका थिए । बकिंघम प्यालेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हिज म्याजेस्टी द किङले माननीय सांसद एन्डी बर्नहमलाई दर्शन भेट दिनुभयो र उहाँलाई नयाँ प्रशासन गठन गर्न अनुरोध गर्नुभयो ।