आइतवार, कार्तिक २ गते २०८३

Sunday, Oct 18 2026 आइतवार, कार्तिक २ गते २०८३

गल्छी–८ का चन्द्रबहादुरको भोटेकोशी बाढीमा मृत्यु, परिवारलाई २५ हजारसहित राहत

गल्छी–८ का चन्द्रबहादुरको भोटेकोशी बाढीमा मृत्यु, परिवारलाई २५ हजारसहित राहत

नागरिक पाटी

१९, आश्विन २०८३
  • 3.2K
    SHARES
  • गल्छी–८ का चन्द्रबहादुरको भोटेकोशी बाढीमा मृत्यु, परिवारलाई २५ हजारसहित राहत
    images

    धादिङको गल्छी गाउँपालिका–८ निवासी चन्द्रबहादुर ज्ञ्यामी मगरको भोटेकोशी बाढीमा परी भएको दुःखद् निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारलाई राहत प्रदान गरिएको छ। गल्छी गाउँपालिकाले शोकसन्तप्त परिवारलाई रु। २५ हजार नगदसहित खाद्यान्न तथा राहत सामग्री हस्तान्तरण गरेको हो।

    images

    राहत हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा, उपाध्यक्ष भाइकाजी तिवारी, वडा नं. ८ का अध्यक्ष विशाल लुङ्गेली मगर, वडा नं. ७ का अध्यक्ष हरिप्रसाद खतिवडा, विपद् व्यवस्थापन शाखा प्रमुख रामप्रसाद ज्ञवालीलगायतको उपस्थिति थियो।

    गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले मृतक चन्द्रबहादुरप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। साथै विपद्को यस दुःखद् घडीमा स्थानीय सरकार परिवारको साथमा रहेको बताएका छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १९, २०८३ सोमवार - २१:५२:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology