आइतवार, कार्तिक २ गते २०८३

Sunday, Oct 18 2026 आइतवार, कार्तिक २ गते २०८३

बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष

बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष

नागरिक पाटी

२६, आश्विन २०८३
  • 1.5K
    SHARES
  • बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष
    images

    जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बूढीगण्डकीमा आइतबार आएको बाढीको कारण हिमपहिरो भएको बताएको छ । केन्द्रले बूढीगण्डकी बाढी सम्बन्धी स्थिति प्रतिवेदन सार्वजनिक गर्दै १० अक्टोबरमा माथिल्लो भागमा हिमपात भएको छ र सोही भागबाट ठूलो हिमपहिरो वा चट्टानी पहिरो सुरु भएको देखिएको बताएको छ ।

    images

    केन्द्रको भौगोलिक तथा भौगर्भिक विश्लेषणका अनुसार बाढीको उद्गम स्थलमा ६ अक्टोबरको स्याटेलाइट तस्बिरमा कालो रेखाभित्रको माथिल्लो भागमा हल्का हिउँ र पट्टानी ढलान मात्र देखिएको थियो ।

    यसले भीषण हिमपहिरो वा लेदो पहिरोले बाटोका बनस्पति र माटो बढारेर लगेको संकेत गरेको केन्द्रको विश्लेषण छ । बहाव र थुप्रिने प्रक्रिया तीव्र हुँदै बगेको उक्त लेदो चुम्लिङ र रिप्चेत नजिकै रहेको मुख्य नदीको दोभानमा पुगेर थुप्रिएको केन्द्रको भनाइ छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २६, २०८३ सोमवार - ०८:२५:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology