चलचित्र ‘फ्रेन्च किस’ले टिजर सार्वजनिक गर्दै रिलिज डेट लिएको छ । निर्माण पक्षका अनुसार ‘फ्रेन्च किस’ माघ १ गतेबाट प्रदर्शनमा आउनेछ । अर्पण थापाले निर्देशन गरेको चलचित्रमा अर्पण र थिन्ले ल्हामोसँगै रेखा थापा, गौरी मल्ल, आयशा तामाङलगायत कलाकारको अभिनय छ ।
‘फ्रेन्च किस’मार्फत नयाँ पुस्ताको प्रेमकथामा फरक ढंगले प्रस्तुत हुने निर्देशक थापाले बताएका छन् । एटीएफ प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण चलचित्रलाई अभिनेता समेत रहेका अर्पण थापाले निर्देशन गरेका छन् । चलचित्रको कार्यकारी निर्मातामा सौगात बस्नेत र सह–निर्मातामा सुभाष बी शाही छन् । चलचित्रलाई सुदीप बरालले खिचेका छन् ।