आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

‘धोका दियो आफ्नै छायाँले’ बोलको लोक गीतमा राममाया वाइवाको उत्कृष्ट अभिनय (भिडियो सहित)

‘धोका दियो आफ्नै छायाँले’ बोलको लोक गीतमा राममाया वाइवाको उत्कृष्ट अभिनय (भिडियो सहित)

  • 4.0K
    SHARES
  • धादिङ । ‘धोका दियो आफ्नै छायाँले’ बोलको नयाँ लोक गीत बजारमा आएको छ । मकवानपुरका गीतकार एवम् गायिका फुलमाया थिङको चौथो गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । उनको ‘धोका दियो आफ्नै छायाँले’ बोलको नयाँ लोकदोहोरी गीतको म्युजिक भिडियो बुधबार सार्वजनिक गरिएको हो । गीतमा जनक लामा र गायिका अर्चना स्याङ्तानको आवाज रहेको छ । गीतमा फुलमाया थिङको शब्द, सुजन तामाङको लय र राकेश सोनीको एरेञ्ज रहेको छ । भिडियोमा गायिका फुलमाया थिङसंगै ईफास तामाङ, राममाया वाइबा, र खगेन्द्र लिम्बुको उत्कृष्ट अभिनय रहेको छ । प्रविन थापाको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई नमराज घिमिरेले छायांकन गरेका हुन् । बिरबहादुर थारुको सम्पादनमा तयार भएको भिडियोका निर्माण नियन्त्रक नवराज भट्टराई हुन् । गीतको म्युजिक भिडियोलाई फुलमायाकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । युट्युमा Dhoka Diyo Afanai Chhayale सर्च गरेर पनि यो गीत सुन्न सकिन्छ । https://youtu.be/MAIfBY1i5Zo

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ९, २०७६ बिहिवार - ०४:४६:४० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology