आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

आस्था राणा मास्के बनिन् मिसेस नेपाल आईकन २०१९

आस्था राणा मास्के बनिन् मिसेस नेपाल आईकन २०१९

  • 5.5K
    SHARES
  • काठमाडौं । मिसेस नेपाल आईकन २०१९ को उपाधि आस्था राणा मास्केले जितेकी छिन । काठमाडौंको जमल स्थित नाचघरमा सम्पन्न फाईनल प्रतियोगितामा निर्णायक मण्डलीको अन्तिम प्रश्न( एउटा परिवारलाई सन्तुलनमा राख्न महिलाको कस्ता भुमिका हुन्छ ? भन्ने प्रश्नको खुमलटार, ललितपुर बासिन्दा आस्था राणा मास्केले दिएका उत्तरबाट उनि विजेता भएकी हुन् । त्यसै गरि मिसेस नेपाल आइकनका प्रतियोगिका सब टाइटल विजताहरुमा आस्था राणा मास्के मिसेस र्याम्वाल्क, मोष्ट फोटोजेनीक, मोष्ट पपुलर, मन्दीरा अधिकारी फष्ट रनर अप, मोष्ट ट्यालेन्ट, अस्मिता गौतम सेकेन्ड रनर अप, मिसेस ब्युटिफुल, सम्झना सिलवाल मल्टीमेडिया च्वाइस तथा मिसेस कन्जुल्यारीटी, भावना थपलिया मोष्ट डिसिप्लेन तथा भ्वअर च्वाईस, लक्ष्मी क्षेत्री बेष्ट पर्सनालिटी तथा मोष्ट इस्टाइलिस, देवकी भट्ट मोष्ट इन्टल्कच्वल, सुस्मीता घिमिरे मोष्ट पोजिटिभ एटुच्यट रहेका छन् । ए.एन.पी. मेडिया हाउस द्धारा आयोजित यो प्रतियोगितामा अभिनेत्री सञ्चिता लुईटेल, आइडल स्कूलका संस्थापक निर्देशक पूर्ण लामा, सञ्चारकर्मी तथा कलाकार सूर्य चन्द, संगीतकार सरोज प्याकुरेल, एलिजा महर्जन, चन्दा थापा गिरी रहेका थिए । उक्त कार्यक्रममा गृहणी, ब्यबसायी, शिक्षिका तथा जागिरे महिलाहरुले भाग लिएका थिए भने टप ८ मा पुग्न सफल भएका महिलाहरु बाट बिजेताको घोषणा गरिएको थियो । कार्यक्रम काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएका जानकारी आयोजक ए।एन।पी। मेडिया हाउसका प्रबन्ध निर्देशक लब बहादर कार्कीले गराएका छन् भने उक्त कार्यक्रमका संयोजक शम्भु प्रसाद रेग्मी रहेका थिए । उक्त प्रतियोगितालाइ कोरियोग्राफी तथा कार्यक्रम संचालन अश्विनी झाले गरेका थिए । यस कार्यक्रमको भिडियो रेकर्ड “ए।एन।पी। मेडिया हाउस” युट्युब च्यानलबाट पनि हेर्न सकिन्छ ।
    २०७६ श्रावण १४ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १४, २०७६ मंगलवार - २१:४१:३२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology