काठमाडौं । पछिल्लो समयमा ब्यापक चर्चामा रहेका श्रष्टा गायक, संङ्गीतकार तथा मोडल रुद्रसेन विश्वकर्मा र गायिका ज्योति मगरको स्वरमा केहि दिन अगाडी मात्र मैथिली गित दिवानी नामक एल्बममा समाबेश रहेको शिर्ष गीत ‘कानोमे आँहाके झुम्का‘’एक दमै उच्च क्वालिटी को दमदार म्युजिक भिडियो सहित सार्बजनिक भएको छ ।
गीतले मिथिला कल्चरको बौद्धिक सम्पतीको जगेर्णा गर्दै गरेको एकदमै राम्रो पक्ष्य सभ्य भाषा महिला प्रती आदर गरी स-परिवार संगै बसेर हेर्न मिल्ने अत्ती राम्रो द्धप भहतचब ज्म म्युजिक भिडियो रहेको ले पनी एल्वम् दिवानी को शिर्ष गीत कानमे आहाके झूमका...दिवानी का सबै पक्ष्यहरूले साङ्गितीक बजारमा चौतर्फी प्रशंसा बटुली रहेको हो।
दर्जनौ चर्चित नेपाली, भोजपुरी तथा मैथिली गीतहरुमा स्वर दिईसकेका भर्सटायल गायक रूद्रसेन विश्वकर्मा र बहु चर्चित गायिका ज्योति मगरको स्वरमा रहेको उक्त गीत आरजे म्युजिक प्रोडक्सन नामक य़ुट्युब च्यानल मार्फत बजारमा सार्बजनिक गरिएको हो यस युट्युव को लिंन्क क्लिक गरी उक्त गीत म्युजिक भिडियो सहित हेर्न सकिन्छ र शब्द तथा संगीत गायक रुद्रसेन विश्वकर्मा कै रहेको यस गीतलाई बिशाल निरौलाले संगीत संयोजन गरेका हुन् । छायाँकार दिपक गिरीले छायांकन गरेको उक्त भिडियोको निर्देशन अहिलेका ब्यस्त निर्देशकरकोरियोग्राफर प्रदिप कुमार रसाइलीले गरेका हुन् ।
भिडियोमा मोडलका रुपमा पनि रूद्रसेन लाई नै देख्न सकिन्छ भने उनलाई मोडल तथा नायिका रिचा थापाले साथ दिएकी छिन्। यस गीत र भिडियोको निर्माण निर कुमारी विश्वकर्मा (सविना) ले गरेकी हुन् ।
https://youtu.be/ZgDveG0u_Ac
२०७६ श्रावण १८ गते प्रकाशित