आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

एकै वर्ष थपिए झण्डै ४ लाख करदाता

एकै वर्ष थपिए झण्डै ४ लाख करदाता

  • 4.5K
    SHARES
  • काठमाण्डौँ । आन्तरिक राजश्व विभागले गएको आर्थिक वर्षमा झण्डै ४ लाख नयाँ करदाता थपिएको जनाएको छ । आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले गएको आर्थिक वर्षमा ३ लाख ८४ हजार १ सय ६२ जना नयाँ करदाता थपिएको जानकारी दिए । आन्तरिक राजश्व विभागले सञ्चालन गर्ने व्यवस्थापन गोष्ठीको उद्घाटन समोरहमा महानिर्देशक नेपालले अहिलेसम्म करको दायरामा आएका करदाताको संख्या २२ लाख भन्दा धेरै पुगेको जानकारी दिए । यसैबिच उद्योगी, व्यवसायीहरुले कर वृद्धि गरिएको भन्दै सरकारको आलोचना गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले चालू आर्थिक वर्षबाट सरकारले कर एकैपटक चार गुणा बढी हुने गरी वृद्धि गरेको दावी गर्दै आलोचना गरेका हुन् । २०७६ साउन १९ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २०, २०७६ सोमवार - ०३:१८:५६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology