आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो

नागरिक पाटी

६, श्रावण २०८३
  • 1.4K
    SHARES
  • अण्डाको मूल्य बढ्यो

    ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ । उत्पादन घटेको र माग बढेपछि मूल्य बढ्न थालेको हो । नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ । सङ्घका अनुसार आजबाट लागू हुनेगरी ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) रु ४५० बाट ५०० पुगेको छ । मध्यम अण्डा रु ४२० वाट ४७० पुगेको छ । सानो अण्डा रु ४१५ पुगेको छ । सबैमा प्रतिक्रेट रु ५० बढेको हो ।

    images

    नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डको माग बढ्न थालेपछि मूल्य बढ्न थालेको बताए । दैनिक ४५ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएकामा वर्डफ्लुका कारण घटेर २८ लाख हाराहारीमा झरेको उनले बताए । जेठको अन्तिममा एक क्रेट (३० वटा) अण्डाको रु ५५० मा बिक्री भएकामा झरेर रु ४५० मा आइपुगेको थियो । एक क्रेट अण्डाको लागत मूल्य ५७३ रुपैयाँ ६० पैसा पर्न आउँदछ । प्रतिगोटा रु १९ रुपैयाँ १२ पैसा पर्न आउँछ । अहिले अण्डाको खपत बढेसँगै मूल्य बढ्न थालेको उनले बताए ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ६, २०८३ बुधवार - ०९:०४:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology