आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मकवानपुरको मनहरी ३ मा जनताले देखिने गरी काम गर्न तीनवटा योजना छनौट

मकवानपुरको मनहरी ३ मा जनताले देखिने गरी काम गर्न तीनवटा योजना छनौट

  • 9.9K
    SHARES
  • पालदमार मनहरी। मकवानपुरको मनहरी गाउँपालिकाको वडा नम्बर ३ का वडाध्यक्ष मानबहादुर स्याङ्तानले दीगो विकास हुने गरी योजना बनाएको दाबी गरेका छन् । चालू आर्थिक बर्ष २०७६र७७ को वडाको तर्फबाट गाउँपालिकाले बजेट सिफारिस गर्न अख्तियारी दिइएको बजेटबाट जम्मा ३ वटा ठूला योजना मात्रै निर्माण गरिएको वडाध्यक्ष स्याङ्तानले बताए । वडा नं ३ को भुन्द्रुङ–पाल्दमार जोड्ने पक्की पुल र हाँडीखोला–कालिदमार पक्की पुलका लागि एउटै योजना समेटेर वडा कार्यालयले १ करोड २२ लाख रुपियाँ बिनियोजन गरेको हो । बाँकी रकमबाट १५ लाखको डोठे सुकौरा खानेपानी योजना सञ्चालन हुने गरी योजना बनाइएको वडाध्यक्ष स्याङ्तानले बताए । मनहरी गाउँपालिकाको केन्द्र रहेको रजैयाबाट लामिटार हुँदै चकरी मकरी पुग्ने सडकलाई मनहरी गाउँपालिकाले महत्वाकाँक्षी योजनाका रुपमा अघि सारेको छ । ३७ करोडमा निर्माण हुने यो बाटोमा देखिएका साना खोलाहरुमा पुल हाल्नका लागि वडा कार्यालयको तर्फबाट तदारुकता देखाइएको हो । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त प्रयासबाट यो सडकलाई सम्पन्न गर्ने जनप्रतिनिधिहरु लागेका छन् । निर्वाचनका बेला व्यक्तगरेको प्रतिबद्धतालाई समेत ध्यानमा राखी यो सडक खण्ड निर्माणका लागि तीनै तहका सरकारले भूमिका खेलिरहेको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनु भएको छ । यो सडक निर्माणका लागि तत्कालीन संविधानसभा सदस्य राजाराम स्याङ्तानले निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत ३० लाख रुपियाँ लगानी गरेपछि रजैयादेखि हाँडीखोला हुँदै मकरी पुग्ने सडक खण्डको ट्रयाक खुलेको थियो ।
    २०७६ श्रावण २१ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २१, २०७६ मंगलवार - १७:१८:५३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology