आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

फिल्म ‘सोच’ मा समावेश "तिमीले मलाई साहारा दियौ" बोलको गित सार्वजनिक (भिडियो सहित)

फिल्म ‘सोच’ मा समावेश "तिमीले मलाई साहारा दियौ" बोलको गित सार्वजनिक (भिडियो सहित)

  • 6.7K
    SHARES
  • काठमाडौं । एक्शन लभस्टोरी फिल्म ‘सोच’ मा समाबेश तिमीले मलाई साहारा बोलको गीत सार्वजनीक गरिएको छ । भदौ २० गते प्रदर्शन हुने फिल्मको गीतमा नीता ढुंगाना र प्रज्वल गिरीलाई प्रेमाभावमा प्रस्तुत गरिएको छ । शंकर अधिकारी घायलले लेखेको सार्वजनीक गीतमा योगेश काजी, जुनु गौतम र सुनीता थेगिङको स्वर र डिजे एलएक्सको संगीत छ । पुजन सिंह (प्रभाकर प्रकाश) को निर्देशनमा निर्माण भएको फिल्ममा नीता र प्रज्वलका साथमा नवनायक पूजन सिंह प्रमुख भूमिकामा छन् । सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्माण भएको फिल्मका अन्य कलाकारमा बिशाल पहाडी,सोनीका,किरण थापा, रितेश श्रेष्ठ,उत्तम केसीलगायत छन् । गंगा रजक प्रकाश र एस.डी निर्माता रहेको फिल्म बिदुर पाण्डेले खिचेका हुन् । कृष्ण आचार्यको पटकथा,सम्वाद रहेको सोचमा एनबि महर्जनको द्धन्द्ध निर्देशन,रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी र प्रितम पाण्डेको सम्पादन छ ।  आरआर फिल्मस्ले बितरण गर्ने फिल्ममा भरपुर मनोरञ्जनका लागि समाजोपयोगी सन्देशसमेत रहेको दावी निर्देशक पुजनको छ । https://youtu.be/0QwzPvUgWyw
     

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २३, २०७६ बिहिवार - २२:५५:०५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology