आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सुमार्गीको हेलो नेपालले झण्डै ८० करोड रोयल्टी तिरेन, बक्यौता बुझाउन १५ दिने अल्टिमेटम

सुमार्गीको हेलो नेपालले झण्डै ८० करोड रोयल्टी तिरेन, बक्यौता बुझाउन १५ दिने अल्टिमेटम

  • 4.9K
    SHARES
  • काठमाण्डौँ । दूरसञ्चार प्राधिकरणले नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल) लाई फ्रिक्वेन्सी दस्तुरको बक्यौता बुझाउन १५ दिने अल्टिमेटम दिएको छ। व्यवसायी अजेयराज सुमार्गीसमेतको लगानी रहेको हेलो नेपालले सरकारलाई फ्रिक्वेन्सी दस्तुरबापत ७९ करोड ९२ लाख २७ हजार रुपैयाँ बुझाउन बाँकी छ । बक्यौतामध्ये सात करोड रुपैयाँ १५ दिनभित्र भुक्तानी गर्न अल्टिमेटम दिँदै प्राधिकरणले बाँकी रकम तिर्न तीन महिनाको समय दिएको छ। तत्काल तोकिएको बक्यौता नबुझाए लाइसेन्स स्वतः खारेज हुने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए। ‘१७ साउनमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले हेलो नेपाललाई बक्यौता रकम तिर्न १५ दिन र तीन महिनाको अल्टिमेटम दिएको छ,’ उनले भने, ‘पहिलो १५ दिनमा सात करोड रुपैयाँ र त्यसपछिको तीन महिनाभित्र बक्यौता तिर्न निर्देशन दिएका छौँ ।’ दूरसञ्चार ऐन, २०५३ को दफा २८ को उपदफा ३ अनुसार तोकिएको समयमा बक्यौता नबुझाए लाइसेन्स स्वतः रद्द हुनेछ । यो खबर आजको नयाँ पत्रिकामा कृष्ण रिजालले लेखेका छन्।
    २०७६ साउन २४ गते प्रकाशित
     

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २४, २०७६ शुक्रवार - १७:४५:०६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology