शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गायिका बुनु श्रेष्ठ र शीलु अधिकारीको तीज गीत "वर्ष दिनको तीज" सार्वजनिक (भिडियो)

गायिका बुनु श्रेष्ठ र शीलु अधिकारीको तीज गीत "वर्ष दिनको तीज" सार्वजनिक (भिडियो)

  • 3.6K
    SHARES
  • काठमाण्डौँ । हिन्दु महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा बजारमा तीजका गीतहरु आइरहेका छन् ।गायिका बुनु श्रेष्ठले पनि नया तीज गीत लिएर दर्शक तथा स्रोता माझ आएकी छिन् । गायिका बुनु श्रेष्ठ र गायिका शीलु अधिकारीको स्वर रहेको ‘ वर्ष दिनको तीज’बोलको तीज गीत सार्वजनिक गरिएको छ । रंगपत्रकार शान्ति प्रियको शब्द रहेको ‘ वर्ष दिनको तीज’ बोलको गीतमा संगीत सन्तोष श्रेष्ठ रहेको छ ।गीतलाई नारायण दंगालले एरेन्ज गरेका हुन् ।गीतमा ‘वर्ष दिनको तीज आउँदा मनै रमाइलो’ भन्दै ‘अर्को साल के हुन्छ के हुन्छ नाचौँ यसै साल’ भन्दै दिदि बहिनि मिलेर रमाइलो गरेका छन् ।गीतको भिडियोमा सबना आचार्य र साथीहरुलाई फिचरिंग गरिएको छ । गीतको भिडियोलाई सुबोल थापाले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् ।सबिन भट्टराईको छायांकन रहेको यस भिडियोलाई रोशन दाहालले सम्पादन गरेका हुन् ।यस गीतलाई स्टुडियो साउन्ड मिल मा रेर्कडिङ गरिएको हो भने महेश्वर मान राजभण्डारीले मिक्सिङ, मास्टरिङ रहेको गीतलाई रेकर्डिस्ट फुर्बा तामांगले गरेका हुन् । गीतलाई साउन्ड मिलको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको छ । https://youtu.be/HI0JmdSYSM8
     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २६, २०७६ आइतवार - १८:११:१८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology