काठमाण्डौँ । भद्रगोलबाट एकाएक भाइरल भएकी मुन्नी अर्थात् प्रियाना आचार्यले खेलेको पहिलो म्युजिक भिडियो बजारमा आएको छ।चर्चित गायक साहिल खड्काले आवाज दिएको उक्त गीतमा खड्काकै शब्द संगीत रहेको छ।
उक्त गीतमा साहिल खड्का र मुन्निको नै अभिनय रहेको छ । चर्चित निर्देशक दिपक आचार्यको निर्देशनमा तयार भएको भिडियोको छायांकन भने बुद्ध थापाले गरेका छन । भिडियोको सम्पादन भने सुप्रिम पराजुलीले गरेका हुन्।खड्काको यो भन्दा अगाडी पनि त्यो मनमा बोलको गीत निकै भाइरल भएको थियो ।
भिडियो हेर्नुहोस्...
https://youtu.be/1B5HnTI9XBE
https://youtu.be/w4YDDkaerRI
२०७६ साउन २७ गते प्रकाशित