आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पोखराको बुढीबजारमा सनराईज बैंकको १२० औं शाखा संचालन

पोखराको बुढीबजारमा सनराईज बैंकको १२० औं शाखा संचालन

  • 5.9K
    SHARES
  • पोखरा । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा बैंकले पोखरा महानगरपालिकाको बुढीबजारमा १२० औँ शाखा संचालनमा ल्याएको छ । सोमबार आयोजित औपचारिक कार्यक्रममा पोखरा महानगरपालिका नगर प्रमुख मान बहादुर जि.सी र सन्राइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्यालले संयुक्त रmपमा शाखा कार्यालय तथा ए. टि. एम. को उद्घाटन गर्नुभएको थियो । शाखा मार्फत लेखनाथ क्षेत्रका ग्राहकलाई सहज बैकिङ्ग सेवा प्रदान गरिने बैंकका गण्डकी प्रदेश प्रमुख रबिन्द्र के.सी.ले जानकारी गराउनु भयो । उतm कार्यक्रममा बैंकका नायव महाप्रबन्धक श्री अपछ कुमार यादव, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष श्री कृष्ण हरी भण्डारीले समेत आफ्नो मन्तव्य राख्नु भएको थियो । हालसम्म बैंकले १२० वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १३८ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्ने योजना रहेको जनाएको छ ।
    २०७६ साउन २७ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २८, २०७६ मंगलवार - ०३:१९:४३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology