आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

भाद्र १ गतेबाट धादिङबेशीदेखि टारीबेसी सल्यानटार, आरुघाट रुटको भाडा घट्ने

भाद्र १ गतेबाट धादिङबेशीदेखि टारीबेसी सल्यानटार, आरुघाट रुटको भाडा घट्ने

  • 4.5K
    SHARES
  • धादिङ । सदरमुकाम धादिङबेशीदेखि टारीबेसी सल्यानटार, आरुघाट रुटको भाडा घट्ने भएको छ ।सर्वपक्षिय बैठकबाट धादिङबेशीदेखि सल्यानटार विशालनगर आरुघाट रुटमा चल्ने सवारी साधनहरुको भाडादर भाद्र १ गतेबाट लागु हुने गरी घटाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनु भयो । अब धादिङबेशीदेखि टारीबेशीसम्मको भाडा १०० रुपैयाँ कायम गरिएको छ । बुधवार प्रमुख जिल्ला अधिकारी पाण्डेको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले आगामी भाद्र १ गतेबाट भाडदर घटाउने निर्णय गरेको हो । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल, जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख ९एसपि० राजकुमार बैदवार, जिल्ला स्थित अन्इ सुरक्षा निकायका प्रमुखहरु‚ राजनितिक दलका प्रतिनिधीहरु‚ उद्योग बाणिज्य संघका प्रतिनिधीहरु‚ संचारकर्मी‚ यातायात व्यवसायीका प्रतिनिधीहरु‚ अपाङ्गता संघका प्रतिनिधी, नागरिक समाजका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो । यस भन्दा पहिले यातायात व्यवसायीहरुले १५० भन्दा माथि मनोमानी रुपमा लिंदै आईरहेका थिए । सल्यानटार रुटमा चल्ने यातायातका साधनहरुले मनपरि भाडा लिई रहेको भन्ने व्यापक जनगुनासो आईरहेको थियो । कच्ची सडक हुंदा लागु भएको भाडा सडक कालोपत्रे भईसक्दा पनि यातायात व्यवसायीहरुले घटाउन मानेका थिएनन् । २०७६ साउन ३० गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३०, २०७६ बिहिवार - २१:२८:०६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology