आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सामसुङ पहिलो स्थानमा,एप्पल कुन स्थानमा ?

सामसुङ पहिलो स्थानमा,एप्पल कुन स्थानमा ?

  • 4.4K
    SHARES
  • आईएचएस मार्किटको विश्वकै ठूला स्मार्टफोन निर्माताको सूचीमा अमेरिकी कम्पनी एप्पल अब चौथो स्थानमा ओर्लिएको छ।यो वर्षको दोस्रो त्रैमासिक अवधिमा एप्पल बिक्रीका आधारमा चौथो स्थानमा ओर्लिएको हो। एप्पल हाल सामसुङ, हुवावे र ओप्पोभन्दा पछि परेको छ। ओप्पो पश्चिम मुलुकमा कमै मात्र सुनिँदै आएको छ। एप्पलले जुनको अन्त्यसम्मको तीन महिनाको अवधिमा ३ करोड ५३ लख आइफोन ढुवानी गरेको आइएएसले जनाएको छ। यो स्मार्टफोन बजारको ११ प्रतिशत हो। एप्पल ३ करोड ६२ लाख फोन ढुवानी गरेको ओप्पोभन्दा पछाडि परेको हो। यो खबर यसै हप्ताको सोमाबार कारोबार दैनिकमा छापिएको छ।अमेरिकामा समस्याका बाबजुद सामसुङ र हुवावेको ढुवानी क्रमशः ७ करोड ५१ लाख र ५ करोड ८७ लाख पुगेको छ। यी कम्पनीहरूले विश्वव्यापी बजार हिस्सा क्रमशः २३ र १८ प्रतिशत ओगटेका छन्। २०७६ साउन ३० गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३१, २०७६ शुक्रवार - ००:४४:५२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology