आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सेञ्चुरी बैंकको नायव कार्यकारी प्रमुखमा न्यौपाने नियुक्त

सेञ्चुरी बैंकको नायव कार्यकारी प्रमुखमा न्यौपाने नियुक्त

  • 5.7K
    SHARES
  • काठमाडौं । सेञ्चुरी कर्मसियल बैंकको नायव कार्यकारी प्रमुखमा मनोज न्यौपाने नियुक्त भएका छन । प्रमुख व्यवसाय अधिकृत पदमा कार्यरत मनोज न्यौपानेलाई नायव कार्यकारी प्रमुखमा नियुक्त गरिएको बैँकले जनाएको छ । विगत २ वर्षदेखि बैंकको सहायक कार्यकारी प्रबन्धक पदमा कार्यरत मनोज न्यौपाने लक्ष्मी बैंकबाट बैंकिङ्ग सेवा प्रारम्भ गरी हिमालयन बैंक लिमिटेड तथा सनराईज बैंक लिमिटेड गरी करिब १५ वर्षको विस्तृत बैंकिङ्ग कार्यानुभव हासिल गरेका छन् । न्यौपाने बैंकको प्रमुख सूचना अधिकारी पनि हुन । मनोज न्यौपानले काठमाडौं विश्व विद्यालयबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन । बैंकले काठमाडौं उपत्यकामा १३Þ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथ १३ वटा शाखरहित बैंकिङ्ग गरी जम्मा १३५ स्थानहरुबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
    २०७६ साउन ३० गते प्रकाशित
     

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३१, २०७६ शुक्रवार - ०३:३२:१३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology