शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

डा. डी आर उपाध्यायको ‘नलाऊ नजर बैमानी (भिडियो सहित)

डा. डी आर उपाध्यायको ‘नलाऊ नजर बैमानी (भिडियो सहित)

  • 5.5K
    SHARES
  • काठमाडौं । डा. डीआर उपाध्यायको नयाँ गीत ‘नलाऊ नजर बैमानी...’ सार्वजनिक भएको छ । योगेशकाजी र श्रृङ्खला जोशीको स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । निश्चल केसीले निर्देशन गरेको गीतको भिडियोमा शिशिर श्रेष्ठ र रियाशा दाहाललाई फिचरिङ गरिएको छ । ज्ञानेन्द्र शर्मा हुमागाईंले छायाँकन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । डा. डी. आर उपाध्यायका ‘प्रणय’ ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ जस्ता गीति एल्बम स्रोता/दर्शकमाझ आएका छन् । त्यस्तै उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छायाँ’, ‘बिटुली’ ‘दगाबाज’ र ‘अधुरो प्रेम’ जस्ता उपन्यास पाठकमाझ आएका छन् । ‘हिरो २०१९’बाट सम्मानित गीतकार डा. डीआर उपाध्यायले एकै साथ ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त गरिसकेका छन् । गीतकार संघ नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा पनि डा. डीआर उपाध्यायलाई ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृत गरिएको थियो । भिडियो हेर्न तल क्लिक गर्नुहोस् https://youtu.be/5nOhRnlAlKg २०७६ भदौ १ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २, २०७६ सोमवार - ०१:३०:२४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology