आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सेञ्चुरी बैंकले वैदेशिक रोजगार व्यवसायीहरुको लागि बैंक ग्यारेन्टीको सुविधा दिने

सेञ्चुरी बैंकले वैदेशिक रोजगार व्यवसायीहरुको लागि बैंक ग्यारेन्टीको सुविधा दिने

  • 4.4K
    SHARES
  • काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले वैदेशिक रोजगार व्यवसायीहरुको लागि बैंक ग्यारेन्टीको सुविधा दिने भएको छ । बैंकले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको विपे्रषणसँग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीहरुलाई सुविधा दिने उद्देश्य सहित हालै नेपाल सरकारले वैदेशिक रोजगार ऐन २०६४ लाई २०७५/११/१९ मा गरेको संशोधन बमोजिम बैंक ग्यारेन्टी सुविधा प्रदान गर्ने निर्णय गरेको हो । यस अन्तर्गत बैंकले १ करोड ५० लाखको बैंक ग्यारेन्टी तल उल्लेखित बमोजिम पाँच बर्षको लागि जारी गर्नेछ । जसमा नगद मार्जिन २० लाखको हुनेछ भने कमिशन ४ लाखको हुनेछ । साथै बैंकले विदेशी मुद्रा सटहीमा आकर्षक सुविधा दिनुको साथै वैदेशिक रोजगारमा जाने कामदारहरुको लागि विशेष खाता सुविधा पनि रहेको जानकारी गराएको छ । सुविधाहरुले वैदेशिक रोजगार व्यवसायीहरुलाई काम गर्न सजिलो हुनुको साथै कामदारहरुलाई समेत थप सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । २०७६ भाद्र ०३ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ४, २०७६ बुधवार - ०५:१६:२६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology