आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सडक बिस्तारका लागि चक्रपथका २ हजार भन्दा बढि रुख काटिँदै

सडक बिस्तारका लागि चक्रपथका २ हजार भन्दा बढि रुख काटिँदै

  • 4.9K
    SHARES
  • काठमाडौं । चक्रपथ विस्तार आयोजनाका प्रमुख अमृतमणि रिजालका अनुसार यो खण्डमा काट्नुपर्ने २ हजार ५७ वटा रुखहरु पहिचान भएका छन् । ‘साइट क्लियर गर्न लागिएको हो,’ उनले भने, ‘बिजुलीको पोल र खानेपानीको पाइप पनि सार्दैछौं ।’ २ लेनको सडकलाई ८ लेनको बनाउन आगामी आर्थिक वर्षबाट निर्माण थाल्ने तयारी छ । खानेपानी, ढल र विजुलीको पोल काम सुरु हुनुअघि नै सार्ने रिजाल बताउँछन् । ‘पूर्ण रुपमा साइट क्लियर भएपछि मात्रै चीनले ठेकदार छनोट गरेर पठाउँछ,’ उनले भने । सडक विभागले चक्रपथको कलंकी-बालाजु-महाराजगञ्ज सडक खण्ड विस्तार अघि बढाउन रुख कटानको तयारी गरेको छ । सडक सीमामा पर्ने रुखहरु अर्को साताबाट काट्न सुरु गरिँदैछ । चक्रपथ विस्तार आयोजनाका लागि आगामी वर्षको बजेटमार्फत १ अर्ब ८१ करोड रुपैयाँ छुट्याइएको छ । कलंकी-सातदोबाटो-कोटेश्वर खण्ड चीन सरकारले बनाएर केही समयअघि नेपाललाई हस्तान्तरण गरेको थियो । तर, प्राविधिक गल्तिका कारण सुधारका लागि धेरै ठाउँ भत्काउनुपर्ने अवस्था आएको छ । चक्रपथको बाँकी खण्डमा भने यो गल्ती नदोहोर्‍याउने विभागका अधिकारीहरु बताउँछन् । अब चक्रपथको बाँकी १७ किलोमिटर सडकमा मेडियन अर्थात् दुई सडकको बीचमा लेन छुट्याउने भाग राखिनेछ भने अन्य आवश्यक पूर्वाधारहरु पनि राखिनेछन् । कुल २७.२ किलोमिटरमध्ये कलंकी-महाराजगञ्ज खण्ड ८.२ किमि लम्बाइको छ । यही खण्ड विस्तारका क्रममा सडकको मध्यभागबाट ३१/३१ मिटरमा पर्ने रुखहरु काट्न अहिले विभागले तयारी अन्तिम चरणमा पुर्‍याएको हो । २०७६ भदौ ४ मा प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ५, २०७६ बिहिवार - ०१:२३:२७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology