काठमाडौं । गायिका भुमिका शाहको ‘झुम्का र पाउजु’ सार्वजनिक भएको छ । भुमिका शाहको नै शब्द रहेको उक्त गीतमा तृप्ति खड्काको सङ्गीत रहेको छ । बाबु राम बोहोराको निर्देशन रहेको गीतको भिडियोमा अनु पराजुली, बाबु काजी थापा, सन्जय कुँवर, होमरनज थापा, बिबेक कुँवर, टोमबहादुर कुँवर, अच्युत रिजाल, गोपीराम बस्नेत र मन्जु रिजालको अभिनय रहेको छ ।
दुर्गा पौडेलले छायाँकन गरेको भिडियोमा बिष्णु शर्माको सम्पादन छ । गीतलाई तिर्सना म्युजिकको युटयुबबाट सार्वजनिक गरिएको हो । झुम्का लगाउने र पाउजु बजाउने कुरा गरिएको उक्त गीतमा तीजमा ठुम्का लगाउने कुरा गरिएको छ ।
https://youtu.be/LBzyCNduVnI
२०७६ भदौ ६ मा प्रकाशित