शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कस्तो देखियो रिमा र भुवनको जोडी ? (भिडियो)

कस्तो देखियो रिमा र भुवनको जोडी ? (भिडियो)

  • 8.5K
    SHARES
  • काठमाडौं । देवचुली फिल्मस् को प्रस्तुति चलचित्र मिस्टर नेपालीको प्रहिलो गित 'नाचौ न छमछ्म' नामक गित  सार्वजनिक गरिएको छ। प्रेमराज दाहालको लगानीमा निर्माण भएको यो चलचित्रमा देव नारायण भुषालको लेखन तथा निर्देशन छ । नीरज कडेलको छायांकन एवम् जीवन थापाको संम्पादन र हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् । भुवन केसी,रिमा विश्वकर्मा,साहिल श्रेष्ठ र कुशुम राउतको मुख्य भुमिका रहेको यो चलचित्रमा कमलमणी नेपाल, विष्णु सापकोटा, नन्दु श्रीवास्तव, सुरेन्द्र केसी लगायतका कलाकारहरुको पनि यसमा अभिनय रहेको छ । 'नाचौ न छमछ्म' बोलको गितमा मिलन लामा र रिता केसीले स्वर दिएको छन् भने गितको शब्द देव भुसाल र संगीत सुवास भुसालको रहेको छ । नेपाली मौलिकता झलकाउने यो गित लाई कबिराज गहतराजले कोरियोग्राफी गरेका छन् । निर्देशक भुषालले फिल्मलाई राम्रो बनाउन आफूले इमान्दार प्रयास गर्ने बताए । उनी भन्छन्, 'फिल्मले हाम्रै समाजको कथा भन्छ । अहिलेको अवस्थामा हरेक घरबाट विदेश नजाने मान्छे भेटिन गाह्रो पर्छ । हेर्नुस भिडियो https://youtu.be/V2zg3nMylYQ

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १२, २०७६ बिहिवार - २१:१०:५४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology