आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

जीप दुर्घटना, दुईको मृत्यु पाँच घाइते

जीप दुर्घटना, दुईको मृत्यु पाँच घाइते

  • 4.7K
    SHARES
  • धनगढी । साँफेबगरबाट मेल्लेखका लागि छुटेको से १ ज ९४६ नम्बरको जिप अछाम जिल्लाको मेल्लेख गाउँपालिका–७ नन्देगडामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। दुर्घटनामा मृत्यु हुनेमा मेल्लेख गाउाँपालिका वडा नम्वर ७ नन्देगडा चित्रवडाका कौशी साउद सोही ठाउँका किथ्थी साउँद रहेको मेल्लेख गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष नरबहादुर साउदले जानकारी दिए। घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। प्रहरी चौकी मेल्लेखबाट प्रहरी सहायक निरीक्षक रमेश बोहराको टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घटनाको बिस्तृत विवरण भने आईनसकेको प्रहरीको भनाई छ। २०७६ भाद्र १३ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १४, २०७६ शनिवार - ०४:५२:३३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology