आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

यस्तो छ, ‘कबड्डी कबड्डी कबड्डी’ को ट्रेलर

यस्तो छ, ‘कबड्डी कबड्डी कबड्डी’ को ट्रेलर

  • 5.2K
    SHARES
  • काठमाडौं । असोज तीन गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को ट्रेलर रिलिज भएको छ । फिल्मको सार्वजनिक ट्रेलरमा मुख्य कलाकारहरु दयाहाङ राई, उपासना सिंह ठकुरी, विल्शन विक्रम राई, कर्मा, विजय बराल लगाएतलाई प्रस्तुत गरिएको छ । ट्रेलर अनुसार फिल्ममा अभिनेता दयाहाङ राई एक सच्चा प्रेमीको भूमिकामा प्रस्तुत हुँदैछन् । https://youtu.be/c4HswWvFzWY रामबाबु गुरुङको निर्देशनमा बनेको ‘कबड्डी कबड्डी कबड्डी’मा दया, विल्शन, कर्मा, उपसाना, विजयका अलवा बुद्धि तामाङ, पुष्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लुनिभा तुलाधर, कमलमणि नेपा, अरुणा कार्की, शिला खनाल लगाएत कलाकारहरु मुख्य भूमिकामा छन् । फिल्मलाई उपेन्द्र सुब्बा र निर्देशक गुरुङले लेखेका हुन् । फिल्मको सह निर्माताको रुपमा रुदेन सदा लेप्चा हरेका छन्, भने निर्माताहरुमा मणिराम पोखरेल, अर्जुन कार्की, ओम चन्द्र रौनियार रहेका छन् । फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् । २०७६ भाद्र १४ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १४, २०७६ शनिवार - १८:४६:२४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology