काठमाडौं। पाँचौं साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित भएको छ । उपाधिका लागि आज भएको भारतसँगको खेलमा नेपाल ७–० पराजित भयो । पहिलो हाफमा २–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप ५ गोल खाएको हो ।
२०१३ र २०१७ मा भएको प्रतियोगितामा फाइनल पुगेको नेपाल भारत र बंगलादेशसँग पराजित भई उपाधिबाट वञ्चित भएको थियो । अहिलेसम्म यससँगै भारतले ३ र बंगलादेशले २ पटक उपाधि जितेका छन् । यस प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र भुटान सम्मिलित भएका थिए । २०७६ भाद्र १४ गते प्रकाशित