शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपाली फिल्म ‘पासवर्ड’ १२ देशका विभिन्न सहरमा एकसाथ प्रदर्शन हुने

नेपाली फिल्म ‘पासवर्ड’ १२ देशका विभिन्न सहरमा एकसाथ प्रदर्शन हुने

  • 4.1K
    SHARES
  • नागरिकपाटी सँवाददाता
    काठमाण्डाैँ ।
    बलिउड अभिनेत्री सन्नी लियोनीले नृत्य गरेको फिल्म ‘पासवर्ड’ यही भाद्र २७ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । सम्राट बस्नेत निर्देशित यस फिल्मको प्रिमियरमा सहभागी हुन र प्रचारमा सघाउन सन्नी नेपाल आउने कार्यक्रम छ । उनलाई स्वागत गर्न अहिले निर्माण टिमले विशेष तयारी सुरु गरेको छ । फिल्ममा उनको नृत्यसँगै अभिनय पनि रहेको छ ।
    यो फिल्म नेपाल प्रदर्शनको एक साता पछाडि विदेशका १२ देशका २४ शहरमा एकसाथ प्रदर्शन हुने भएको छ । सेप्टेम्बर २७ अर्थात् असोज १० देखि फिल्मको विदेश प्रदर्शन सुरु हुनेछ । मलेसिया, जर्मनी, पोर्चुगल, क्यानडा, दुबई, अमेरिका, अस्ट्रेलिया, कोरिया, जापान, भारतलगायतका देशमा फिल्म एकसाथ प्रदर्शन हुने छ । अहिले यो फिल्मको निर्माण टिम देशको विभिन्न स्थानमा प्रचार प्रसारका लागि गएको बुझिएको छ ।
    [embed]https://youtu.be/YhLZUCtn7Ls[/embed]
    यो फिल्मको अधिकांश छायांकन यूकेमा भएको हो । नेपालबाट चोरिएर लण्डन पुर्‍याइएको मन्दिरको मूर्तिलाई नेपाल ल्याउन मुख्य पात्रले गर्ने संघर्षमा फिल्म आधारित छ । एक्सन-लभस्टोेरी फिल्ममा सन्नीसँगै अनुपविक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, छुल्ठिम गुरुङलगायतका कलाकारहरुको अभिनय छ ।
    निर्देशक बस्नेत स्वयंको द्वन्द्व निर्देशन रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत छ । अमरजीत सिंहको छायांकन र सौरभ लामाको डिओपी रहेको फिल्मको पटकथा निर्देशक बस्नेत र महेश दवाडीले लेखेका हुन् । भने, कथा सिमा गुरुङको हो । फिल्ममा अमित बस्नेत र हिराल जोशी निर्मातामा छन् । फिल्मले बक्सअफिसमा राम्रो कलेक्सन गर्ने विश्वास निर्माण टिमलाई छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १५, २०७६ आइतवार - २३:५८:१० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology