आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङबेसीबाट पात्लेतर्फ जाँदै गरेको जिप दुर्घटनामा १० जना घाइते

धादिङबेसीबाट पात्लेतर्फ जाँदै गरेको जिप दुर्घटनामा १० जना घाइते

  • 5.1K
    SHARES
  • धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर–२, भुलभुलेमा मंगलबार भएको जीप दुर्घटनामा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले ग १ ज ६०६१ नम्बरको बोलेरो जीप धादिङबेसीबाट पात्लेतर्फ जाँदै गर्दा दुर्घटना भएको जानकारी दिनुभयो । अनियन्त्रित भई सडकबाट पल्टिएपछि १० जना घाइते भएका हुन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । अवस्था गम्भीर भएका घाइतेलाई थप उपचारका लागि काठमाण्डौ ट्रमा सेन्टरमा पठाइएको छ भने ६ जना घाइते जिल्ला अस्पतालमा उपचार भइरहेको छ । २०७६ भदौ १७ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १८, २०७६ बुधवार - ०५:४६:०८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology