शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

फिल्म ‘शिवा’को ट्रेलर सार्वजनिक, संचिताको भुमिका के ?

फिल्म ‘शिवा’को ट्रेलर सार्वजनिक, संचिताको भुमिका के ?

  • 6.9K
    SHARES
  • काठमाण्डौँ । नेपाली फिल्म ‘शिवा’को ट्रेलर सार्वजनिक गरिएको छ। सामाजिक कथावस्तुमा तयार फिल्मको मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ट्रेलरसँगै पोस्टर र प्रदर्शन मिति एकसाथ सार्वजनिक गरिएको हो। आउँदो मंसिर २७ गतेका लागि प्रदर्शन मिति तय गरेको फिल्मको सार्वजनिक ट्रेलरमा विकृत समाजको विम्व प्रस्तुत गरिएको छ। अभिनेता किशोर खतिवडाको मुख्य अभिनय रहेको फिल्मको ट्रेलरमा धनि र गरिब बीचको दूरी र द्वन्द्वलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ। https://youtu.be/Qi-6V4CtI3I ट्रेलरका आधारमा सामाजिक कुसंस्कारले गुज्रिएको समाजलाई परिवर्तनका लागि अभिनेत्री संचिता लुइटेल फिल्ममा पत्रकारको भूमिकामा प्रस्तुत छिन्। रामकाजी घिमिरेको लेखन तथा निर्देशन रहेको फिल्मका राजु श्रेष्ठ ९ज्याक० प्रस्तुतकर्ता हुन्, भने फिल्मलाई मदन खत्री र शुकराज वि।क।ले संयुक्त रुपमा निर्माण गरेका हुन्। फिल्ममा सुनिता तामाङ र सुदर्शन बस्नेत कार्यकारी निर्माताका रूपमा छन्। किशोर र संचितासँगै राजु श्रेष्ठ ९ज्याक०, पूर्णिमा लामा, निरज महर्जन, धु्रव कोइराला, होम दवाडीलगायतको अभिनय रहेको फिल्ममा विरन्द्र भट्टको छायाँकन, सम्राट बस्नेतको द्धन्द्ध, राजु ढुंगानाको सम्पादन रहेको छ। कमल राई र लिगेश भट्टराईको कोरियोग्राफी रहेको फिल्ममा बसन्त सापकोटाको संगीत सुन्न सकिन्छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १८, २०७६ बुधवार - ०६:०५:२१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology